सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान करिब ११ बजे स्थानीय हरि पोख्रेलको बारी जोती निस्कने क्रममा चितवन घर भई हाल सोही स्थानमा बस्दै आएका ४५ वर्षीय मोहनबहादुर बोहराले चलाएको ग १ त ७५४८ नम्बरको ट्याक्टर बारीको कान्लाबाट करिब ३० मिटर तल खसेको हो। […]
Continue Reading