काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । अधिकांश फिल्मको अंग जस्तै बन्ने गरेका कलाकार तामाङले शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् ।
तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक तहमा अध्ययनरत् छिन् ।
टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् ।
