ओली समय भन्दा ढिला पुगेका कारण रेल १ घण्टा ढिलो (फोटोफिचर)

राजनीति समाचार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन्।

शनिबार जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया गएका हुन्।                                     

तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा सहभागी हुन् ओली तीनकोरिया पुगेका हुन्।

ओली समय भन्दा ढिला पुगेका कारण जनकपुरबाट जयनगर गुड्ने रेल १ घण्टा ढिलो   गुडेको थियो। बिहान ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *