गोरखा । नागरिकता प्रमाणपत्रमा जन्ममिति १९९० उल्लेख भएको तर केरमेट गरि १९८३ बनाउदा गोरखा जिल्ला स्थित बारपाक सुलिकोट गाउँपालिका–७ का छन्दप्रसाद पाण्डेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको हो ।
नागरिकता ऐन बमोजिम ९० बर्षीय पाण्डेलाई नागरिकता प्रमाणपत्रमा लेखिएको विवरण आफुखुशी सच्याउदा दश हजार जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
साथै प्रमुख जिल्ला अधिकारी भुसालले भने “जन्म मिति सच्याएर राज्यकोषबाट के कति सुरक्षा भत्ता रकम लिए सो रकम सम्बन्धित पालिकाबाट असुल उपर गर्न भनेका छौँ ।”
पालिकालाई पत्राचार गर्दै सो बमोजिम कारवाही गरी १५ दिनभित्र कार्यालयलाई जानकारी गराउन आग्रह समेत गरिएको प्रजिअ भुसालले जानकारी दिए ।
