गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण

समाचार

विराज त्रिपाठी

गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।

पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्ले र एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ माथि आक्रमण भएको हो।

काफ्लेको टाउकोमा चोट लागेको कारण उपचारका लागि काठमाडौं पठाइएको छ भने तामाङ पनि सामान्य घाइते भएका छन् ।


आक्रमण गरेको आरोपमा तनहुँका अजित पन्त र राम थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना एमालेकै युवा संघ कार्यकर्ता भएको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *