नेपाली काँग्रेसको प्रतिपक्षी हुने नैतिक हैसियत रहेन: ९९.२७% सांसदको समर्थन सहित विश्वकै दुर्लभ तथा शक्तिशाली सरकार निर्माण

राजनीति

पौष २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। संसदमा १/१ सीट भएका नेमकिपाका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसी बाहेक अन्य सबै दल र सांसदहरुले विश्वासको मत दिए।

हाल कायम २७४ संघीय सांसद मध्ये २७२ सांसदको विश्वासको मत प्राप्त दाहाल नेपालको ईतिहासमै सर्वाधिक (९९.२७%) सांसदको समर्थन प्राप्त प्रधानमन्त्री बनेका हुन्। यस्तो घटना संसदीय प्रणालीमा विरलै हुने गरेको पाईन्छ। किनकी संसदीय प्रणालीमा बलियो प्रतिपक्ष अनिवार्य चाहिन्छ। यद्यपि संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले विश्वासको मत दिएर सरकारमा सहभागी नहुने जनाए तापनि नेपाली काँग्रेसको प्रतिपक्षी हुने नैतिक हैसियत रहेन।

नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको हुँदा यो सरकारले गरेका राम्रा र नराम्रा कामको जस, अपजस दुवै खेप्नु नै उस्को नैतिकता हुनेछ। यो सँगै प्रतिपक्षमा जम्मा २ सांसद मात्र बाँंकी रहेका छन्। जुन संसदीय पद्धतिमा परिकल्पना गरीँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *