बिराज त्रिपाठी
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्रीका दावेदार सुरेन्द्र पाण्डेले देशको राजनितिमा नैतिकता हराएको बताउनु भएको छ ।
पोखरामा पत्रकासँग कुरा गर्दै राजनीतिमा नैतिकता सकिएको बताउनु भएको हो । यो दल त्यो दल भन्ने छैन । सबै दलको नैतिकता देखिएनँ, पाण्डेले भन्नु भयो । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को २ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य पाण्डे कांग्रेस गठबन्धन हुँदा मुख्यमन्त्रीका दाबेदारका रूपमा हेरिएको थिए।
उहाँलाई प्रचण्डले निर्वाचनको समयमा मुख्यमन्त्रीको रूपमा प्रस्तुत समेत गर्नु भएको थियो । ‘नेतृत्व तहमा जुन उदेश्यले गठबन्धन गरेका थियौं । त्यो अनुसार इमान्दारीता नदेखिएको पाण्डेले बताउनु भयो ।
गठबन्धन टुट्नुमा सबै दल उत्तिकै जिम्मेवार रहेको बताउनु भयो । प्रदेश समृद्धिका लागि कांग्रेस प्रतिपक्षमा बसेर रचानात्मक काम गर्दै नीति तथा कार्यक्रम र बजेट ल्याउने क्रममा सहकार्य र समन्वय गरे जाने बताउनु भयो ।
