गोरखामा राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि नगरपालिकाको डोजर प्रयोग

समाचार

ए भाइ तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भनाइको चर्चाको बिच गोरखामा भने राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि गोरखा नगरपालिकाको डोजर प्रयोग गरिएको छ ।

नेपाल भर अहिले विकासका कार्यहरुको लागि विभिन्न ठाउँका नगर तथा महानगर प्रमुखहरु स्वयं खटिएको देखिन्छ र गरिएको सुरुवाति कार्यहरुलाई पनि धेरै नै जनताले प्रशंसा गरिएको छ । तर गोरखामा भने सरकारी साधन/सम्पति आफ्ना पार्टिको भवन निर्माणका लागि प्रयोग गरेको छ । गोरखा नगरपालिका को मातहतमा ग १ ग १६२ सरकारी नम्बर प्लेट भएको जेसिबि/डोजरले अहिले नेपाल कम्युनिष्ट पार्टि माओबादी केन्द्र जिल्ला कार्यालय, गोरखाको भवन निर्माणका लागि जग्गा खार्ने तथा जग खन्ने कार्य गरि रहेको छ । गोरखा नगरपालिका नगर प्रमुखकै समन्वयमा भई रहेको उक्त कार्यको अहिले २ दिन जेसिवी को प्रयोग भएको छ भने थप काम सम्पन्न गर्न १ दिन लाग्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार नगरको डोजर प्रयोग गर्दा कोटेसन बनाउनु पर्ने भएता भनि हाल सम्म कुनै कोटेसन नबनाई कार्य भई रहेको समेत जानकारीमा आएको छ ।

गोरखा नगरपालिकाको नगर प्रमुख कृष्ण राना नेकपा माओबादि केन्द्र तर्फबाट उम्मेदवार भई नगर प्रमुखमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *