गोरखा मनकामनाको लटरम्म हुने सुन्तलाको बोट पनि बिस्तारै मर्दै

आर्थिक

बिराज त्रिपाठी

गोरखा शहिदलखन गाउँपालिका -२, मनकामना ढांडबारी का किसान तुलसी थापा मगरको घर वरिपरि रहेको बगानमा फलेका सुन्तलाको उत्पादन अहिले घट्दै गयको उहाँको भनाइ रहेको छ ।

उहाँका अनुसार बिगतमा आफ्नो भेग सङै तल्लो भेगमा पनि राम्रो उत्पादन हुने गरेको तर समय संगै तल्लो भेगमा रहेको सुन्तलाको बोट मर्दै गइ अहिले मनकामना वरिपरिको सुन्तलाको बोट पनि मर्दै गएको सुन्तला कृषिक थापाको भनाइ रहेको छ । साथै सुन्तला समय संगै कम फल्दै गएको हुनाले सम्बन्धित निकायले प्रशिक्षण गरि बाकी रहेको प्रसिद्ध गोरखाको सुन्तला लाई बचाउन सके देशको आर्थिक अवस्थालाई सुधार गर्न सहज हुने उनको अनुभव छ ।

गोरखाको सुन्तला नेपाल भरी नै प्रसिद्ध स्वादिष्ट र रसिलो हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *