गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

अपराध समाचार

विराज त्रिपाठी

गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैंकको आज (मंगलबार) बिहान एटिएम मेशिन खोल्ने क्रममा फोरिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए।

आज बिहान सुरक्षागार्डले एटिएम मेसिन तोडफोड भएकोबारे प्रहरीलाई खबर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *