गोरखा स्थित ग्याजीको तामाखानी अनुसन्धान र उत्खनन गर्न निजी क्षेत्रलाई ठेक्का आव्हान

समाचार

गोरखा । बिगत बर्षसम्म सरकारले अनुसन्धान तथा खोजतलास गरिरहेको बारपाक सुलीकोट ७ ग्याजीस्थित ‘तामाखानी’को अनुसन्धान तथा उत्खनन गर्न खानी तथा भूगर्भ विभागले निजी क्षेत्रलाई दिनका लागि ठेक्का आव्हान गरेको छ । खानीको अनुसन्धान, अन्वेषण तथा खोजतलास गर्न निजी क्षेत्रलाई जिम्मा दिन लागेको हो ।

पहिलो चरणमा अनुसन्धान गर्न दिने र पछि तामा उत्खननका लागि पनि ठेक्का दिने खानी तथा भुगर्भ विभागका सूचना अधिकारी नारायाण बास्कोटाले जानकारी दिए ।

विभागले ग्याजीको ५.९५ बर्गकिलोमिटर क्षेत्रभित्र तामाखानी अन्वेषण तथा खोजतलासका दुईपटकसम्म टेण्डर गर्नुपरेको छ ।

पहिलो पटक विभागले गत फागुन १४ गते खानीको अनुसन्धानका लागि टेण्डर आव्हान गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार ठेक्का स्वीकृत गर्न कम्तिमा तीनजनाको ठेक्का पर्नुपर्ने व्यवस्था छ ।

पहिलो पटक तीनजनाको ठेक्का पर्नुपर्ने, परेन, त्यसैले फेरि वैशाख २१ गते दोस्रो पटक ठेक्का आव्हान गरिएको छ’, सूचना अधिकारी बस्नेतले भने, ‘यसपटक कति जनाको पर्छ हेरौँ । जे होस्, यो तामा खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग अत्यन्त उत्सुक छ ।’कम्तिमा १७ लाख ८० हजार रुपैयाँ राजस्व तिरेर त्यहाँको अन्वेषण गर्न निजी क्षेत्रका लागि टेण्डर आव्हान गरिएको बास्कोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *