अत्याधिक गर्मी बढेपछि पालुङ्टार नगरपालिका भित्रका विद्यालयहरुलाई तीन दिन विदा

शिक्षा

गोरखा । अत्याधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरुलाई विदा दिइएको छ । नगरपालिका अन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो ।

‘पालुङटार नगरपालिकाको जेठ २६ गतेकोनिर्णय अनुसार बिगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा आउँदो आइतबारदेखि मंगलबारसम्म बर्खे विदाबाट कट्टी हुने गरी सम्पूर्ण विद्यालयहरुमा विदा गरिएको छ’, सो सूचनामा लेखिएको छ । पालुङटार नगरपालिकामा सामुदायिक र संस्थागत गरी ५३ वटा विद्यालयहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *