मञ्जु रावल हत्या प्रकरणमा संलग्न ४ जना पक्राउ

समाचार

साउन १५ । अंशको बिषयलाई लिएर बिबाद हुँदा हत्या गरेको खुल्न आए पछी चार जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भल्का बस्ने ४० वर्षीया गोमा रावल, वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका-६ तोली बस्ने ३७ वर्षीया सरिता रावल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए ।

अंशको बिषयमा वकिललाई भेट्न मसुरीया जान्छु भनि गएको र सोही दिनको साँझबाट मञ्जु रावलको मोबाईल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँउ भनि कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ भल्का बस्ने मञ्जु रावलको छोरा बिवेक रावलले ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा निवेदन दिएका थिए ।

मान्छे हराएको निवेदनमा अनुसन्धान गर्दै जादा मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भई गोमा रावललाई सोधपुछ गर्दा सोही बिबादीत जग्गाको बिषयलाई लिएर मञ्जु रावलको हत्या गर्ने योजना बनाई हत्या गरेको गोमा रावलले स्वीकार गरेकी डीएसपी चन्दले बताए ।

बयानमा हत्या गरेको स्वीकार गरेता पनि मञ्जु रावलको मृत शरीर फेला परेको थिएन । सरिता रावलको वयान अनुसार देखाएको स्थानमा खोजतलास गर्दै जादा कैलालीको मोहन्याल गा.पा.वडा नं. ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको र केही भाग वरपर छरीएर रहेको हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको अबस्थामा मञ्जु रावलको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट मृतक मञ्जु रावलको छोरा बिवेक रावलले मेरी आमा मञ्जु रावलको कुर्ता शुरुवाल हो भनि सनाखत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *