भूमि आयोगद्वारा दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि ३५ दिन भित्र निवेदन दिन आग्रह

समाचार

भदौ ३० । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै  ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।

आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम  ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *