जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखावासी तथा संघबाट राहत रकम सहयोग

समाचार

गोरखा, १२ मंसिर २०८०। जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखाका जिल्लावासी तथा विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा २ लाख २१ हजार ७ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकम ज्येष्ठ नागरिक जिल्ला पदाधिकारीका १३ जना सदस्यबाट ७० हजार, स्वइच्छा सहयोगबाट ९५ हजार ६ सय, पृथ्वी नारायण साना सहकारी खानेपानी संस्थाबाट ५१ हजार १ सय ११ र तिनधारे खानेपानी सहकारी संस्थाबाट ५ हजार रुपैयाँ राहत स्वरुप प्रधानमन्त्री दैवीक प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । सहयोग रकम कोषको खातामा जम्मा गरी बैंकको भौचर ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहन लाल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई मंगलबार हस्तान्तरण गरे ।

जिल्ला प्रशासन कार्यालय गोरखामा आयोजित हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी दाता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

रकम हस्तान्तरण कार्यक्रमपछि ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष श्रेष्ठले २०८० कार्तिक १७ गते राती जाजरकोट रुकुममा गएको विनासकारी भूकम्पमा मृत्यु हुने नागरिक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै , ‘थोपा थोपाले समुन्द्र बन्छ, त्यसरी नै यो सानो रकमले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा थप सहयोग पुग्न सक्छ र २०७२ सालको भुकम्पमा गोरखामा पनि धेरै सहयोग आएको र हामीले पनि सहयोग गर्नुपर्ने समय आएको संघको अध्यक्षको भनाई रहेको छ ।’ त्यस्तै नेपालमा आइलागेको विपत्तीमा प्रवासबाट सहयोग गर्ने नेपालीको कर्तव्य भएको संघका पदाधिकारीहरुले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालले सहयोगी संस्था ज्येष्ठ नागरिक जिल्ला संघ गोरखालाई स्वइच्छा रकम सहयोगीहरुलाई धन्यवाद दिंदै संघ तथा सहयोगीहरुको सामाजिक कार्यको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *