गुगलले प्रयोगकर्ताहरूको जीमेल एकाउन्ट्स यसै साताबाट बन्द गर्ने

समाचार

गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ।

गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएकाले गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश पठाउन थालेको छ।

गुगलले सन् २०२३ को सुरुमै एउटा ब्लग पोष्ट गर्दै यो नीति डिसेम्बरदेखि लागू हुने बताएको थियो।

गुगलकी प्रोजेक्ट म्यानेजर रुथ क्रिचेलीले गुगल खाताहरूका लागि निष्क्रियता नीतिलाई दुई वर्षमा अद्यावधिक गर्दै खाता बन्द गर्ने गत मे महिनामा चेतावनी दिएकी थिइन्।

गुगलको चेतानवी पछि प्रयोगकर्ताहरूले विरोध जनाएका छन्। लाखौं खाताहरू स्थायी रूपमा मेटिने जोखिम हुन सक्ने भएकाले त्यसो नगर्न पनि आग्रह गरेका छन्।

साथै गुगलले खाता सक्रिय राख्न र बन्द हुनबाट जोगाउनका लागि पनि सुझाव दिएको छ। आफ्नो खाता सुरक्षि राख्न गुगलले प्रयोगकर्ताहरूलाई इमेल खोल्न वा पठाउन, गुगल ड्राइभ प्रयोग गर्न, गुगल प्ले स्टोरमा एउटा एप डाउनलोड गर्न वा खातामा लग इन हुँदा गुगल खोजी गर्न सल्लाह दिएको छ।

यस्तै, यूटुबमा अन्तिम पटक भिडियो पोस्ट गरेको भएमा पनि खातालाई बन्द नगरिने गुगलले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *