ललित गौचन स्मृति समाजसेवा सम्मान माछापुच्छ्रे महिला क्लबलाई

समाचार

पोखरा, २२ फागुन । नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान  यस वर्ष  पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य र उदारणिय कार्य गरे वापत क्लबलाई सम्मान गरिएको हो ।

सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुहिक प्रयासले मात्र पोखरालाई सफा,सुन्दर र हरियाली बनाउन सकिने बताउदै समाजलाई सुसस्कृत बनाउन अहिले विद्यमान निराशा र अराजक्तालाई सकरात्मक प्रयास मार्फत निर्मुल पार्नु पर्ने बताए । पोखरालाई हरित शहरका रुपमा विकास गर्न लागिएको स्पष्ट पार्दै वातावरण ,पर्यावरण मैत्री बनाउन खोजेको बताउदै घरमा हरियो रङ्ग पोत्ने पोखरामहानगरले कहि कतै निर्णय नगरेको स्पष्ट पारे ।

पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले आफ्नो वडाको क्लब सम्मान भएकोमा खुसी व्यक्त गर्दै स्व.ललित गौचन संग लामो समयसम्म आफु पनि जोडिएर काम गरेको स्मरण गरे।
सम्पुर्ण संघ सस्थाको तर्फबाट बोल्दै मासबार आमा समुहका अध्यक्ष शारदा गिरीले सुरुवाती दिनमा स्व. ललित गौचन संग जोडिएर पोखरा ७ मा थुपै्र सामाजिक कार्य गरेको बताए । व्यक्ति विशेषलाई दिदै आएको सम्मान यस वर्षबाट सकृय संस्थालाई दिनु सकरात्मक भएको बताए ।

सम्मानित संस्था माछापुच्छ्रे महिला क्लबको अध्यक्ष गिता पौडेलले सम्मानले आफ्नो क्लबलाई थप उर्जा मिलेको बताउदै फोहोरलाई मोहर बनाउन महानगरपालिका र वडाले सहयोग गरे थप सक्रियका साथ फोहोर मैला व्यवस्थापनमा लाग्ने बताए ।
नगरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सहित सम्मानित संस्थाको परिचय सम्मान कार्यक्रम संयोजक विष्णुहरि अधिकारी र संचालन समाजका पवक्ता गोकुल बहादुर कार्कीले गरेका थिए ।

सामाजिक क्षेत्रमा काम गर्दा गर्दै स्वागारोहण भएका ललित गौचनको स्मृितमा राखिएको समाजसेवा सम्मानबाट यस अघि प्रभा पन्त,गरिराज अधिकारी,विश्वरत्न शाक्य,ईन्द्र गुरुङ, शिवमाया श्रेष्ठ, विष्णु प्रसाद गुरुङ,दिलिपराज श्रेष्ठ र सन्धया गुरुङ तुलाचन सम्मानित भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *