१५ चैत २०८०, बिहिवार
गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले आज आयोजना गरेको सपथ ग्रहण तथा प्रथम जिल्ला कमिटी बैठक कार्यक्रममा नेकपा एमालेका नव निर्वाचित जिल्ला कमिटी पदाधिकारी एवं सदस्यहरु ८९ जनाले सपथ ग्रहण गरेका छन् ।
नेकपा एमालेको २०८० फागुन २५ र २६ गते भएको ८ औँ जिल्ला अधिवेशन गोरखाबाट नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी सचिव, गण्डकी प्रदेश ईन्चार्ज एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सपथ खुवाउदै नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, विचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउँदै उनले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताए ।
उनले भने, “भाषण र गफले केही पनि बद्लिदैन कामले हो परिणाम दिने, आज हामीलाई गफ गर्ने र भाषण गर्ने राजनीति भन्दा यथार्थमा डबल परिणाम देखाउने राजनिती चाहिएको छ, इन्डिकेटरका आधारमा परिणामको सुचकको आधारमा मुल्यांकन गर्ने परिपाटीको राजनीति चाहिएको छ यदि त्यसो भएन भने अवको सय वर्ष पछि पनि हाम्रो देश त्यस्तै रहन्छ बद्लिदैन, गरिबको भाषण गरेर लट्टाउछौ होला, चुनाव जित्छौ होला, भोट पाउछौ होला, पदमा पुग्छौ होला तर जनताको जीवन बद्लिदैन ।”
उनले नेकपा एमाले हिंसामा बिश्वास नगर्ने तर जनताको आस्थामा समर्पणमा र जनादेशमा बिश्वास गर्ने पाटी रहेको बताए । त्यस्तै नेकपा एमाले संग दुई वटा विकल्प मात्र रहेको बताए । उनले भने, “कठबन्धन सरकारको कल्चर सिक्न पर्यो, काम गर्न पर्यो, निति कार्यक्रमको कम्प्रोमाइज गर्न पर्यो, एमाले भनेका कुराहरु भएनन् भनेपनि स्विकार्दै जान पर्यो यात मेहनत गर्ने पर्यो पाटीलाई एक्यवद्धता बनाउन पर्यो, आउदो निर्वाचनमा एक्ला एक्लै उठेपनि वा मिलेर उठेपनि बहुमत प्राप्त गर्नेगरी अगाडी बढन पर्यो ।”
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सम्झना देबकोटा, जिल्ला इन्चार्ज पोलिटब्युरो सदस्य लिला थापा, प्रदेश कमिटी सचिब धनन्जय दवाडि, प्रदेश कमिटी सदस्य गोपाल पाण्डे, हरि भट्ट, शैलेस लामिछाने, निबर्तमान अध्यक्ष प्रेम गुरुङ, नव निर्वाचित अध्यक्ष सुरेन्द्र थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाका नव निर्वाचित अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षता कार्यक्रम भएको थियो ।
