गोरखामा सवारी दुर्घटना, एकजनाको मृत्यु, १४ जना घाइते (नामावलि सहित)

समाचार

गोरखा, २०८१ फागुन १९ ।  गोरखाको शहिदलखन गाउँपालिका वडा नं. ३ कान्टारस्थित एक सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मनकामनाबाट आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेष्ट इभि माइक्रोबस सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। उक्त दुर्घटना ११:२५ बजे भएको थियो। घाइते भएका सबैलाई उपचारका लागि आँबुखैरेनी गाउँपालिका अस्पताल पठाइएको थियो। उपचारको क्रममा चितवन खैरहनी गाउँपालिका वडा नं. २, टाँडी पर्साका ३७ वर्षीय पदम बहादुर दर्जीको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ। अन्य घाइतेहरूको उपचार जारी रहेको छ।

मृतक: १. पदम बहादुर दर्जी (३७), खैरहनी गा.पा. वडा नं. २, टाँडी पर्सा, चितवन।

घाइतेहरूको विवरण: १. सुमित चौधरी (२६), चालक, खैरहनी गा.पा. वडा नं. २, चितवन

२. हरिकला परियार (५०)

३. गीता परियार (२९)

४. रितेश परियार (१०)

५. सन्ध्या परियार (१३)

६. रुपा परियार (२५)

७. सञ्चिता आले (२०)

८. प्रमिला राना (३५)

९. विमला परियार (४३)

१०. राजु परियार (३१)

११. सुवना परियार (१८)

१२. अभिषेक परियार (२१)

१३. अनिसा परियार (२६)

१४. अर्जुन परियार (३६)

घटनास्थलमा प्रहरी चौकी मझुवादेउरालीबाट टोली खटिएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *