जेसिज सप्ताहअन्तर्गत गोरखा अस्पतालका बिरामीलाई फलफूल वितरण

समाचार सामाजिक

गोरखा, भदौ ५ ।

गोरखा जेसिजले आफ्नो जेसिज सप्ताह अन्तर्गत प्रादेशिक अस्पताल गोरखामा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ।

गोरखा नगरपालिका–६ स्थित प्रादेशिक अस्पतालमा गरिएको फलफूल वितरण कार्यक्रममा गोरखा जेसिज २०२५ का अध्यक्ष जेसी सुमन गुरुङको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी राजु राज कडरियाको प्रमुख आतिथ्य रहेको थियो।

अस्पतालको आपतकालीन, आईसीयू, प्रसूति, जेनेरल र अपरेशन वार्डमा उपचाररत ६० जना बिरामीलाई फलफूल वितरण गरिएको कार्यक्रम मूल संयोजक जेसी रचन परियारले जानकारी दिए।

कार्यक्रममा प्रादेशिक अस्पताल गोरखाका सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनाल, गोरखा जेसीजका पूर्वअध्यक्षहरु भगवान मास्के (२००९), आनन्द गुरुङ (२०१७), शैलेन्द्र भट्ट (२०२२) साथै गोरखा जेसीज कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

जेसिज सप्ताह अन्तर्गत भदौ ६ गते वक्तृत्वकला प्रतियोगिता, भदौ ७ गते सुस्त गतिमा मोटरसाइकल तथा स्कुटर चलाउने प्रतियोगिता तथा सोही दिन समापन समारोह आयोजना गरिने जानकारी समेत संयोजक परियारले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *