भ्रष्टाचार निवारण ऐन , २०५९ को दफा ५० उपदफा (१) तथा अख्तियार दुरपयोग अनुसन्धान ऐन, २०४८ को दफा ३१ (क) बमोजिम प्रत्येक शिक्षकले आर्थिक बर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अधावधिक सम्पत्ति विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान भएकोले त्यस जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरुको आ.व. २०७८/२०७९ को सम्पत्ति विवरण नेपाल राजपत्र भाग ५ खण्ड ६० संख्या १ मिति २०६७ बैशाख ६ को नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सुचनामा तोकिएको ढाँचा बमोजिमको सम्पत्ति विवरण फाराम भरी खामबाहिर देहायको विवरण उल्लेख गरी राष्ट्रिय किताबखाना (शिक्षक) मा व्यवस्था गर्नु/गराउन ७७ वटा जिल्लाका श्री शिक्षा विकास तथा समन्वय इकाई लाई संघीय मामिला तथा सामान्य मन्त्रालयले अनुरोध गरेको छ ।
