महोत्तरीको गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता

समाचार

महोत्तरी- गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता भएका छन् ।गौशला नगरपालिका वडा नं. ४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षी रीता सदा सोमबार साँझ देखि सम्पर्कबिहिन रहेको परिवारजनले बताएका छन् ।

 

गौशला नगरपालिकाका उपप्रमुख रेणु कुमारी महतोले सम्पर्कविहिन रहेका बालबालिकाका अभिभावकहरुले आफूलाई यस विषयमा जानकारी गराएको बताइन् ।

उनले बालबालिका वेपत्ता रहेको विषयमा इलाका प्रहरी कार्यालय गौशलामा खोजतलास गरिदिनको लागि निवेदन दिन लगाएको नगरका न्यायिक समितिका संयोजक रहेको उपप्रमुख महतोले बताइन् ।

प्रहरीले वेपत्ता रहेका बालबालिकाको खोजतलास सुरु गरिसकेको इप्रका गौशलाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *