काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्ः
नयाँ सांसदहरू,
नयाँ गफाडीहरू!
उही पुरानो देश।
उही पुराना व्यापारीहरू।
काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ। नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन्।
चुनावी नतिजापछि उनले काठमाडौंका १० वटै क्षेत्रका सांसदहरूलाई बधाइ पनि दिएका थिए। उनले महानगरलाई सुन्दर र समतामूलक बनाउन सबैको साथ आवश्यक हुने बताएका थिए।