२१ असार २०८३ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
ह्युस्टन रंगशालामा भएको खेलमा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले ५०औँ र ८२औँ मिनेटमा दुई गोल गरे। इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले थप एक गोल गर्दै मोरक्कोको सहज जित सुनिश्चित गरे।
यस जितसँगै मोरक्को विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
