लायन्स क्लब अफ गोरखा तारानागर द्वारा वृक्षारोपण

समाचार

विराज त्रिपाठी

गोरखा नगरपालिका–१० बिरेन्चोक स्थित रत्नराज्य माध्यमिक बिद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ गोरखा तारानागरले बिहीवार एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो ।

कल्की, धुपी, म्याङ्गो स्टिन लगायतका करिव ६० वटा बिरुवा रोपिएको थियो । केही बिरुवा बिद्यार्थीलाई हस्तान्तरण समेत गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष यम बहादुर बसेलको अध्यक्षता र सचिव नविन घिमिरे तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर आलेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा क्लबका जोन चिअर पर्सन रिता रेग्मी, भूतपूर्व अध्यक्ष सुरेन लामिछाने, लायन्स क्लब अफ गोरखा कालिकाका सुनिता सापकोटा, बिद्यालयका प्रधानाध्यापक तेज बहादुर नेपाली, नर बहादुर रोका लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *