भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद

समाचार

भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद गरेको छ । 

प्रहरीले एक जना गोदाम सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय नवराज भन्ने छविलाल अगस्ती पक्राउ परेका हुन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भन्सार छलेर ल्याइएका विदेशी चुरोट फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *