गोरखा मनकामना यातायात सेवा प्रा.लि. र गोरखकाली यातायात सेवा प्रा.लि. मर्च हुने सहमती

समाचार

बिराज त्रिपाठी

गोरखामा यातायातको सुविधा दिँदै आएका गोरखा मनकामना यातायात सेवा प्रा.लि. र गोरखकाली यातायात सेवा प्रा.लि.मर्च भएको छ ।

गोरखा जिल्लामा एउटै संस्था बाट यातायातको सेवा सुविधा दिने उद्देश्यका साथ आज दुई यातायातका संस्थाका पदाधिकारीहरु बीच बैठक बसेको थियो ।

गोरखा मनकामना यातायात सेवा प्रा.लि बिगत ६ बर्ष देखि गोरखा जिल्लामा सेवा दिदै आएको थियो भने गोरखकाली यातायात सेवा प्रा.लि. नयाँ स्थापना भएको थियो । गोरखा मनकामना यातायात सेवा प्रा.लि.का अध्यक्ष सुरेन लामिछाने तथा अन्य पदाधिकारी र गोरखकाली यातायात सेवा प्रा.लि.का उपाध्यक्ष सुजन मास्के लगायतको अन्य पदाधिकारी दुबै पक्षका बीच बैठक भएको थियो । गोरखकाली यातायात सेवा प्रा.लि. लाई खारेज गरि सो प्रा.लि. बाट सेवा प्रदान गरिरहेको १७ थान भाडा दरका कारका साथ ८४ थान भाडा दरका कारबाट सेवा प्रदान गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रा.लि. मा मर्ज गरि गोरखा मनकामना यातायात सेवा प्रा.लि. बाट नै गोरखा जिल्ला भरी सेवा प्रदान गर्ने सहमती भएको हो ।

अहिले गोरखा मनकामना यातायात सेवा प्रा.लि. मा १०१ थान भाडा दरका कार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *