गोरखामा जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

समाचार

विराज त्रिपाठी

पालुङटार नगरपालिका वडा नं ५ धरमपानीमा शनिबार राती एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ।  

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

घाइतेलाई राती आँपपिपल अस्पतालमा पुर्‍याएपछि अस्पतालले उनको मृत्यु घोषणा गरेको थियो। घटनामा संग्लन रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।  

साभार: नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *