राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध नाबालिग बलात्कारको उजुरी

अपराध समाचार

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्।

लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको जाहेरीमा उल्लेख छ । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । नाबालिगको उजुरी हो, मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *