आज चन्द्रग्रहण लाग्ने : नेपालसहित एशियाको अधिकांश स्थानबाट हेर्न सकिने

मौसम तथा विज्ञान

मङ्गलवार लाग्ने वर्षको दोस्रो चन्द्रग्रहण नेपालबाट पनि देखिने जानकारहरूले बताएका छन्।

नेपालसहित एशियाको अधिकांश स्थानबाट मङ्गलवारको चन्द्रग्रहण देखिने छ। त्यस्तै अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट पनि यसलाई हेर्न सकिनेछ ।

नेपाली समय अनुसार दिउँसो १:४७ बजेदेखि नै पृथ्वीको छाया चन्द्रमामा पर्न थाल्ने जानकारहरू बताउँछन्। यद्यपि, नेपालमा साँझ ५:११ मा चन्द्रोदय हुन्छ। त्यसको केही मिनेटपछि अर्थात् ५:२६ पछि नेपालमा चन्द्रग्रहण दर्शनीय हुने भनिएको छ।

जानकारहरूका अनुसार साँझ ६:३४ बजे चन्द्रग्रहणको अन्त्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *