लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

मौसम तथा विज्ञान

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी प्रदेशसम्म फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म पुगेको छ।

 

महाशाखाले आज जारी गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने सम्भावना रहेको छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि तातो दिन रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज साँझदेखि रातिसम्म काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *