रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने

मौसम तथा विज्ञान

केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने अनुमान गरिएको छ ।

बर्खामा मनसुनको जलवाष्पयुक्त हावाका कारण रातको समयमा बादल बन्न सजिलो हुने भएकाले रातभरी पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

राति पानी पर्ने भएकाले भिरालो जमिनमा बसोबास गर्नेलाई चनाखो भएर सुत्न मौसमविद्को आग्रह छ । सकेसम्म पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *