जिल्ला कारागार कास्कीमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज अनुगमन गर्नु भएको छ । २०३५ सालमा एक वर्ष सम्म कारागार वसेको भन्दै पोखरेलले भौतीक रुपमा अझै धेरै कुराहरु सुधार गर्नु पर्ने बताउनु भयो । कारागारमा अहिले क्षमता भन्दा दोव्रर कैदिवन्दीहरु हुदा सेवा सुविधामा समस्या परको छ । अनुगमनको क्रममा कारागारर्ल हालको स्थानवाट अझै फराकिले स्थानमा सार्नु पर्ने र सुधार गहृको रुपमा अगाडी वढाउनु पर्ने बताउनु भयो ।
कास्की कारागारमा क्षमता भन्दा धेरै कैदी हुदा समस्या पर्न थालेको छ । ४ सय ११ जनाको क्षमता रहेको कास्की कारागारमा अहिले ८ सय ११ जना कैदि वन्दी रहेका छन् । सरकारले महङगी वढ्दा पनि पुरानै दरमा दिएका खाद्यन लता कपडाले अझै पनि अपुग रहेको सुधारका काम गर्नु पर्ने कास्कीका प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
वि.सं २०२२ सालमा स्थापना भएको कारागार १९ रोपनी क्षेत्रलमा फैलिएको कारागारमा महिला कैदि वन्दी क्षमता भन्दा धेरै रहेका छन् । सरकारले हाल दैनिक सिधा खर्च ६० रुपयाँ र ७ सय ग्राम चामल दिदै आएको छ ।
