गोरखाली समाज यूके ट्रष्टद्धारा १९ विद्यालयका २०० असाहय एवं जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

समाचार

२७ माघ २०७९
गोरखा । गोरखामा स्थायी घर भई युकेमा बसोबास गर्ने गोर्खालीहरु मार्फत स्थापित गोरखाली समाज यूके ट्रष्टद्धारा गोरखाको स्थानिय तहहरुको विभिन्न १९ सामुदायिक विद्यालयको २ सय असाहय एवं जेहेन्दार विधार्थीहरुलाई छात्रा–वृत्तिको करिब ७ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त शैक्षिक सामाग्री ट्रष्टमा सन्कलन गरिएको रकमको ब्याज बाट खरिद गरिएको गोरखाली समाज यूके ट्रष्टले जनाएको छ ।

गोरखाली समाज यूके ट्रष्टका अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा तथा गोरखा नगरपालिकाका उप–प्रमुख मसली माया थोक्कर पुनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा शहिद लखन गाउँपालिकाका अध्यक्ष शरण श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गोरखा जेसीजका अध्यक्ष पुस्कर गुरुङ तथा पत्रकारहरु र सम्बन्धित विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

श्री धनाशीरा मा. वि. अजिरकोट, श्री महेन्द्र ज्योति मा. वि., श्री धारापानी मा. वि., श्री बुद्ध मा. वि., श्री चन्द्रोदय मा. वि., श्री आहाल भञ्ज्याङ्ग मा. वि., श्री जीवन ज्योति मा. वि., श्री जागेश्वर मा. वि., श्री मणिकाम देवि मा. वि., श्री सिलिन्टार प्रा. वि., श्री भाले ढुङ्गा लक्ष्मी प्रा. वि., श्री हिमालय मा. वि. बारपाक, श्री भद्रकाली मा. वि., श्री जन ज्योति मा. वि., श्री हिमालय मा. वि. अजिरकोट, श्री शिद्धार्थ मा. वि., श्री भिम्रीक महिपते मा. वि. र श्री प्रभा मा. वि. का असाहय तथा जेहेन्दार विद्यार्थीहरुलाई गोरखाको सदरमुकाम स्थित इन होटलमा कार्यक्रम गरि शैक्षिक सामग्री वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *