नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा

शिक्षा

२४ फागुन २०७९ ।  नेपालबाट दुई लाख जना महिला वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

झण्डै ५० लाख नेपाली कामको लागि विदेश गएकोमा दुई लाख जना महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । ठ्याक्कै तथ्यांक राख्न नसकेपनि अनुमानका आधारमा दुई लाख जना महिला वैदेशिक रोजगारीमा रहेको जानकारी दिएको छ ।

पछिल्ला दुई दशकयता कामका लागि विदेशिने नेपाली महिलाहरुको संख्यामा बढिरहेको छ । मन्त्रालयको तथ्याङ्कले वार्षिक ३० हजारको हाराहारीमा महिला विदेशिने गरेको देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ सम्ममा नेपालबाट संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति लिइ १ लाख ९८ हजार २१६ जना नेपाली महिला विदेशिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *