स्वस्थ रहन नुन कति खाने, कुन नुन उपयुक्त ?

स्वास्थ्य

एउटा चलनचल्तीको भनाई छ, ‘कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा मिठो नुनले।’

यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाईन्छ। नुन रसायनिक पदार्थ हो। यसको रसायनिक नाम ‘सोडियम क्लोराइड’ हो। यो सोडियम र क्लोराइ नामक अणुहरु मिलेर बनेको हुन्छ। तौलको हिसाबले नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ। नुन मान्छेको शरीरका लागि अत्यावश्यक पदार्थ हो।

प्रकृतिमा नुन विभिन्न रुपमा रहेको हुन्छ। यो उच्च हिमाली चट्टानहरु भित्र ढिक्के नुन खानीका रुपमा पनि पाइन्छ। यस्तै समुन्द्रको पानीमा नुन अत्यधिक मात्रा घुलिएको अवस्थामा रहेको हुन्छ। सामान्यतया एक लिटर समुद्री पानीमा ३५ ग्राम नुन पाइन्छ। मृत सागरको पानीमा सबैभन्दा धेरै नुन हुन्छ जसले गर्दा त्यहाँ कुनै पनि जीव बाँच्न सक्दैन। नुनले खानाको स्वाद बढाउँछ। मान्छेको रगतमा नुन भएको हुनाले यो नुनिलो हुन्छ। बाघ लगाएत जंगली जनावरले एक पटक मान्छेको मासु खायो भने मिठो स्वादका कारण त्यो पल्किन्छ र बराबर मान्छेकै शिकार गर्न खोज्छ।

नुनको व्यवसायिक उत्पादन चट्टानहरुमा रहेका नुन खानीहरु र समुद्री पानीको वाष्पिकरणबाट गरिन्छ। वर्षेनी विश्वमा २० करोड टन नुनको उत्पादन हुन्छ। जसमध्ये ६ प्रतिशत मान्छेको खाद्यान्नमा प्रयोग हुन्छ। यसको मतलब मान्छेहरुले वर्षमा करिब १ करोड टन नुन खान्छन्। अरु बाँकी नुन उद्योगहरुमा प्रयोग हुन्छ। मान्छेले खाने नुन ढिक्के नुन, प्रशोधित नुन र आयोडिन मिसाएको नुनका रुपमा प्रयोगमा रहेको पाइन्छ। यस्तै प्रकारले उच्च हिमाली चट्टानमा रहेका नुन खानीहरुबाट सिधे नुन (गुलाबी नुन) र बीरे नुन (कालो नुन) को उत्पादन हुन्छ। यो नुन नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका हिमाली क्षेत्रमा पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *