१२ चैत २०७९ । घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा तनहुँको म्याग्दे गाउँपालिका– ४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ।
पृथ्वीराजमार्गको मनहरिनजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव भेटिएको हो।
उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुन सक्ने देखिएको र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।