बिराज त्रिपाठी
गोरखा । बैशाख १५ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मिटरव्याज पीडितलाई निवदेन पेश गर्न आह्वान गरे पस्चात गोरखामा हाल १३ जना मिटरव्याज पीडितले प्रशासनमा निवेदन दिएको कार्यालयले जनाएको छ भने थप पिडितहरुले निवेदन दिन सक्ने भन्दै मिटरव्याज पिडितको समस्यालाई सम्बोधन गर्न थप सात दिनको म्याद थपेर जेठ ७ गतेसम्म पिडितको निवेदन लिने प्रशासनले जानकारी दिएको छ ।

लघुवित्त तथा सहकारी संस्थाहरुले चर्को व्याज असुल गर्दै आएको भन्दै पिडितहरुले गोरखा सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्लेकार्ड बोकेर विराध प्रदर्शन गरेका र्थिए । नेपाल भर मिटर व्याज पिडितको विरोध आन्दोलनले गर्दा सरकारले मन्त्रिपरिषद बैठकले मिटरव्याजपीडितका समस्या बुझ्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।
समस्या बुझ्नेर मिटरव्याजपीडित कसरी ठगिएका हुन् ठोस कुरा प्रतिवेदनमा समावेश गरी मिटरव्याज पीडितका समस्या बुझेर प्रतिवेदन दिन आयोगलाई ३ महिना समय दिइएको थियो ।
