४ जेठ २०८० । गोरखामा बनजंगलबाट गैरकानुनी तरिकाले पैसा कमाउने मनसायले दुर्लब बन्यजन्तुको हत्यागरी तस्करी गर्न खोज्ने नौ जनालाई प्रकाउ परेको छ ।
गोरखाको विभिन्न स्थानबाट गैडाको खागजस्तो देखिने अखेटोपहार सहित गोरखा नगरपालाका–११ बाट तीन जना र पालुङ्गटार नगरपालिका बाट छ जना प्रकाउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
प्रकाउ पर्नेमा गोरखा नगरपालिकाबाट कमला न्यौपाने, जानुका देवकोटा र जानुका कुमाल रहेका छन् । विशेष सुचनाका आधारमा छापा मार्ने क्रममा उक्त व्यक्तीहरुको घरमा अखेटोपहार भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बैशाख ३१ गते उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै पालुङटारबाट पक्राउ पर्नेमा पानपा–५ का बेदम परियार, वडा नम्वर ६ का सोनाम तामाङ, आँवुखैरेनी–३ का कृष्ण शर्मा, चितवन भण्डाराका केशव चौधरी, चितवनको माडी नगरपालिका–५ का जीवन महतो र भरतपुर महानगरपालिका–२ कुमारी चौधरी रहेका छन् ।
कारवाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
