युनाइटेड सेभेन युथ क्लब द्वारा बिद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

सामाजिक
विराज त्रिपाठी
युनाइटेड सेभेन युथ क्लब गठन भए संगै क्लब बाट सामाजिक कार्यक्रममा जुट्न थालेको छ । सामजिक, सास्कृतिक तथा युवा प्रोत्साहन का लागि निर्माण गरेको पहिलो साता बाट नै बिद्यालय  परिसरमा बृक्षारोपण कार्यक्रम गरि थालनी गरेको छ ।

मिति २०७९ /०३/२५ गते शनिबारका दिन गोरखा नगरपालिका -७, डन्डीडाँडा स्थित नबज्योती माध्यमिक बिधालय र युनाइटेड सेभेन युथ क्लबको संयुक्त आयोजनामा बिद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रम मा १०० वटा बिरुवा रोपिएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री राम बाबु श्रेष्ठ को प्रमुख अतिथ्यतामा  क्लब का अध्यक्ष श्री श्याम आले मगर , बिद्यालयका प्रधानध्यापक श्री कृष्ण बहादुर बसेल, बिद्यालयका शिक्षक शिक्षिका तथा क्लबका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबको पहिलो कार्यक्रमको रुपमा रहेको उक्त बृक्षारोपण कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको क्लबका सचिब प्रदिप नेपाली ले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *