पूर्वमाओवादी लडाकुहरुको चेतावनी, सरकारले माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने

समाचार

असोज ७ । पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्।

१० वर्षे जनयुद्धका घाइतेहरुले आइतबार उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा भेटेर आत्मदाह गर्ने चेतावनी दिएका हुन्।

जनयुद्धका घाइतेको औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग उनीहरुको छ।

घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने माग पनि उनीहरुले पेश गरेका छन्।

पूर्वमाओवादी लडाकुहरुले माओवादी पार्टी कार्यालय र त्यहाँको जग्गा बेचेर भए पनि आफूहरुको उपचार गर्नुपर्ने माग गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *