शुक्रवार छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा आज थप १ हजार रुपैयाँले वृद्धि हुँदै १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो हप्ताको मूल्यमा ५ रुपैयाँ बढ्दै आज प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।