गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा, जिल्ला शाखा गोरखा तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहनेछ।
गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठका अनुसार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जो–कोही इच्छुकले सहभागी भई रक्तदान गर्न सक्नेछन्।
आयोजकहरुले रक्तदान महत्त्वपूर्ण मान्दै सर्वसाधारणलाई उक्त दिन उपस्थित भई सहयोग गर्न आग्रह गरेका छन्।