गोरखा जेसिजलाई नेपाल जेसिजद्वारा उत्कृष्ट शाखा सम्मान

समाचार

गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ ।

भदौ १४ र १५ गते दमौलीमा ब्यास नगर जेसिजको आतिथ्यतामा सम्पन्न क्षेत्र ‘ख’ सम्मेलनमा ४२ शाखामध्ये गोरखा जेसिजलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले नेपाल जेसिज क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन र अभिषेक दुलालबाट प्रमाण–पत्र ग्रहण गरेका छन् ।

त्यस्तै, गोरखा शाखाका महासचिव रुवेन्द्र कुवरलाई समेत क्रियाशील महासचिवको रुपमा सम्मान गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *