गोरखामा अरिंगालले चिल्दा एक जना घाइते

समाचार

गोरखा । गोरखा सदरमुकाममा अरिंगालले चिल्दा एक पुरुष घाइते भएका छन् । पालुङटार नगरपालिका–१ का स्थायी बासिन्दा तथा हाल गोरखा नगरपालिका–६, सरस्वती मार्ग बस्दै आएका ४५ वर्षीय सन्त बहादुर लामा अरिंगालले चिल्दा घाइते भएका हुन् ।

घरभित्र जस्तापातामा टाँसिएको गोलो वर्षाको कारण खसेपछि अतालिएको अरिंगालले लामामाथि आक्रमण गरेको परिवारले जनाएको छ । कम्तीमा ३० वटा अरिंगालले चिल्दा लामा गम्भीर घाइते भएका छन् ।

उनी अहिले गोरखा अस्पतालमा उपचाररत छन् । उनको रगत पातलो भएकाले बाक्लो बनाउन औषधि प्रयोग भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालका अनुसार, बेलुकी ४ बजेसम्म अवस्थामा सुधार नआए थप उपचारका लागि उनलाई अन्य स्वास्थ्य संस्थामा रेफर गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *