गण्डकी मुख्यमन्त्रीद्वारा सिरानचोकमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

समाचार

गोरखा । सिरानचोक गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज जौवारीस्थित परोपकार आदर्श मावि मैदानमा उद्घाटन गरेका छन्।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रलाई गण्डकी प्रदेश सरकारले नीतिगत तथा बजेटीय प्राथमिकता दिएको उल्लेख गर्दै खेलाडीको सम्मान र प्रोत्साहनमा सरकारले विशेष ध्यान दिएको बताए। खेलले अनुशासन, प्रतिबद्धता र व्यवहारिकता सिकाउने भन्दै उनले विद्यार्थी तथा खेलाडीलाई सिकेका मूल्य–मान्यताहरू जीवनमा लागू गर्न आग्रह गरे।

प्रदेश, समाज र राष्ट्रको प्रतिष्ठा बढाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले खेललाई व्यवसायिक रूपमा अघि बढ्न खेलाडीहरूलाई प्रेरित गर्नुपर्ने धारणा राखे।

सिरानचोक–८ उनको निर्वाचन क्षेत्रसमेत परेकाले स्थानीय, विद्यार्थी र अभिभावकहरूसँग भेटघाट गर्न समय मिलेसम्म आउने गरेको उनले कार्यक्रममा स्मरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *