
२७ भदौ, २०७९ – सोमवार
गोरखा: रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको एसपी केदार खनालले जानकारी दिए।
रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास) की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको आरोपमा घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए।
बिगत १७ बर्षदेखि नेपाली सेनामा कार्यरत राना अहिले बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा कार्यरत छन् ।
