विराज त्रिपाठी
गोरखा । दसैं सुरु भइसक्दा पनि गोरखा बजारमा उपभोक्ताको भीड छैन । तर, हरमटारि चोकमामा लागेको गोरखकाली मेलामा भने भीडभाड बढेको छ । सस्तो मूल्यमा सामान पाइने आशा मा उपभोक्ताको घुइँचो लाग्ने गरेको देखिन्छ । 
महङ्गो सटर भाडामा लिगेर कर तिरेर व्यावसाय गरेका व्यावसायि चाडपर्बमा पनि ब्यापार गर्न नसक्दा मर्कामा परेको गोरखा कपडा व्यावसायि संघ का अध्यक्ष सुबास मल्लले जानकारी दिनु भयो ।
मल्लका अनुसार” मेला हुनु कार्यक्रम गर्नु नराम्रो भन्न खोजेको होइन तर पोके व्यापारी साथै जिल्ला बाहिर बाट पनि सस्तो गुणस्तरहिन सामन लेराएर बेच्नुले भाडा तिरेर व्यापार गर्ने लाई मर्का मा पारेको छ ।”
त्यस्तै व्यावसायि अनुसार बर्ष भरिमा खर्च उठाउन दशैको आश हुन्छ त्यो पनि मेला ले गर्दा व्यापार नै हुदैन अब महङ्गो सटर भाडामा लिगेका छौ मेला भित्र पनि स्टल भाडामा कस्ले लिन्छ ?
मेला भित्र जाने हो भने गोरखाका व्यापारी कमै मात्रा मा देख्न पाइन्छ । कपडाका सामानहरु अथवा अन्य सामानहरु सस्तोमा बिक्रि गरिएको कारण भने गुणस्तरहिन र कर नतिरेको भएकालेे सस्तो भएको आरोप लगाइएको छ र यो गोरखकाली मेला गोरखाका ब्यापारीको हित को लागि नभएको नामका लागि मात्र सिमित रहेको व्यावसायिहरुको भनाइ रहेको छ ।
साथै बजारमा महँगो भाडा तिरेर बस्ने व्यावसायिहरु को अनुगमन जस्तै दशै मेला भित्र पनि अनुगमन गर्नु पर्ने सम्बन्धित निकायले ध्यान दिनुपर्ने व्यावसायिहरु को भनाइ रहेको छ ।
