विराज त्रिपाठी
गोरखा । २०७९ असोज २६
गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् ।
गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम छ ।
गोरखामा उम्मेदवारी फिर्ता लिनेहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा (ख)बाट
स्वतन्त्र उम्मेदवार
१. पूर्णबहादुर दाहाल
२. राजकुमार ढकाल
३. नेकपा एकीकृत समाजवादीका टेकराज भट्ट
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवार
१. डाक्टर माधवी पराजुली भट्ट
क्षेत्र नम्वर २ प्रदेश (क) बाट स्वतन्त्र उम्मेदवार
१. नेपाल समाजवादीका हरिशरण आचार्य
२. नेकपा एकीकृत समाजवादी का जुद्दबिलाश भण्डारी
३. नेपाल मजदुर किसान पार्टीका बेलबहादुर बस्नेत
२ ‘ख’ मा छ जनाले उम्मेदवारी दिएका मध्ये कसैलेपनि फिर्ता लिएनन् ।
निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १० देखि दिउँसो १ बजे सम्मलाई तोकेको थियो ।
गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम छ ।
