बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिए

समाचार सामाजिक

विराज त्रिपाठी

गोरखा बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिएका छन् । आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले जानकारी दिए ।

‘अपरिचित तीनजना युवाहरु ओपिडी कक्षभित्र प्रवेश गरी बिरामीलाई बाहिर निकाली ढोकामा चुकुल लगाएर कुटपिट गरी भागे’, श्रेष्ठले भने ।

घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । ‘अस्पतालभित्र प्रवेश गरी ड्युटीमा रहेका चिकित्सकमाथि आक्रमण भएको घटनाप्रति अस्पताल व्यवस्थापन समितिले घोर भत्र्सना गरेको छ’, समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले भने, ‘यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छौँ ।’

घटनामा संलग्न रहेकाहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ । साथै उनीहरु फरार रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *